मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

६० हजार घुससहित सब-इन्जिनियर रंगेहात पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगद ६० हजार घुससहित आइतबार दिउँसो पक्राउ गरेको हो । कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

बेलौरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेट अन्र्तगत निर्माण गरिएको कल्भर्टको निर्माण सम्पन्न भइसकेपछि बिल फरफारक गरिदिए बापत निर्माण व्यवसायीसँग सब-इन्जिनियर बजगार्इंले ६० हजार माग गरेका थिए ।

निर्माण सम्पन्न भइसके पनि बिल फरफारक गरिएको थिएन् । निर्माण व्यवसायीसँग बिल फरफारक गरे बापत उनले ६० हजार दिनुपर्ने अनि काम हुने भनेपछि सेवाग्राहीले अख्तियार गुहारेको कार्यालय स्रोतको दाबी छ ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले घुस लिएको अवस्थामा पक्राउ परेका सब-इन्जिनियरका विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ ।

कार्यालयले घुस लिइरहेको अवस्था पक्राउ परेका सब-इन्जिनियर बजगाईलाई थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने र त्यही अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया