मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

तीन हजार घुससहित दुई सुब्बा पक्राउ

मालपोत कार्यालय, सप्तरीका दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालोपतका कर्मचारीहरु नायब सुब्बा रामनरायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साहलाई तीन हजार घुससहित नियन्त्रणमा लिएको हो ।

मोही जग्गाको बाँडफाँड भइ श्रेस्ता कायम गराइदिने बहानामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एबम् सह-सचिव रामेश्वर दंगालले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया