सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

नेपाल भ्रमणमा रहेका गायक सोनु निगम अस्वस्थ, अस्पताल भर्ना

नेपाल भ्रमणमा रहेका भारतीय गायक तथा संगीतकार सोनु निगम अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । निगमलाई मंगलबार दिउँसो राजधानीको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो ।

भ्रमणका क्रममा पोखरामा रहेका बेला ४६ वर्षीय गायक निगमलाई ढाडमा अत्यधिक दुखाई भएपछि आजै काठमाडौं ल्याइएको अस्पतालले जनाएको छ ।

एक्युट ब्याक पेन (ढाडको अत्यधिक दुखाई) देखिएकाले निगमलाई भीआइपी वार्डमा राखेर उपचार भइरहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन डीजीएम रामप्रसाद मैनालीले अन्नपूर्णलाई जानकारी दिए ।

उनलाई एक्स रे गरी औषधि दिइएको उनले बताए । आजै एमआरआइको रिपोर्ट आएपछि निगमलाई डिस्चार्ज गर्ने/नगर्नेबारे चिकित्सकले निर्णय लिने उनले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया