सोमबार, असार २, २०७६
www.samsararemit.com

चर्चामाः कोइरालाका दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’



विराटनगरमा कार्य क्षेत्र बनाएर साहित्य साधनामा लागेका उपन्यासकार भीम कोइरालाद्धारा रचना भई वि.सं. २०७४ सालमा प्रकाशित’ भएका “महारानी देवलदेवी” र “उत्कर्षअवसान” दुई उपन्याको बिषयमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
‘महारानी देवलदेवी’
नेपालको इतिहासको मध्यकालको राजनैतिक घटनाक्रमलाई बिषय बस्तु बनाएर लेखिएको ऐतिहासिक उपन्यास “महारानी देवलदेवी”ले बि.सं. १३५० देखि १४२३ सम्मको अबधिमा तत्कालिन नेपाल मण्डल अर्थात हालको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको ऐतिहाँसिक घटनाक्रमलाई समेटेर तयार गरिएको छ । यस उपन्यासले तत्कालिन समयमा नेपालमा के कसरी शासन चलेको थियो र सत्ताको लागि गरिने लुछाचुडी, हत्या हिंसा घात प्रतिघात षडयन्त्र र जालझेल कसरी गरिन्थ्यो भन्ने कुराको सबिस्तार बर्णनगरिएको छ । यस उपन्यासमा स्रि्रौनगढ राज्यको स्थापनाको झलक र सो राज्यबाट पटक पटक नेपालमा भएको आक्रमणलाई देखाउने प्रयास गरिएको छ । यसको साथै बर्णन तर्फ सिंजाली खस मल्ल राजाले नेपालमा पटक पटक गरेको आक्रमण र खस र नेपाली सेना बीच भएको भिषण युद्धको पनि लेखकले बर्णनगरेका छन ।
कर्णबाट बंशीय नान्यदेवले स्थापना गरेको स्रि्रौनगढ राज्य -हाल नेपालको बारा जिल्लामा पर्छ ) को ऐतिहासिक पृष्ठभूमि देखि सो बंशका राजाहरुले शासन गरेको १९७ बर्षपछि कर्मसिंहदेवका छोरा हरसिहदेबको जन्म भएको कुराबाट प्रारम्भ भएको उपन्यास “महारानी देवलदेवी” निज हरसिहदेबकै रानी देवलदेवी जो भक्तपुरका राजा जयतुङ्ग मल्लकी छोरी थिइनको मृत्यु भएपछि सकिन्छ ।

यो बिचमा भएका र सो भन्दा अगाडी देखिकै घटेका कतिपय ऐतिहासिक घटनाहरुलाई समेत उपन्यासमा समेटिएको छ । जस्तो त्यतिबेला अस्तित्वमा रहेको भोन्त-बनेपा) र त्रिपुर अर्थात भक्तपुर वीच भैरहने युद्धबाट आजित भएर दुबै राज्यका राजाहरुले सम्झौता गरेर दुबैराज्यलाई मिसाएर एउटै बनाई पालैपालो राजा र युवराज-हालको प्रधानमन्त्री जस्तो कार्यकारी अधिकार भएको) हुने थिति बसालेर शासन गर्दा भएको राजनैतिक खिचातानीको बिषयलाई उजागर गरिएको छ ।

यो खिचलोको असर लगभग उपन्यासको अन्तसम्म नै छ भन्दा पनि हुन्छ । आफुलाई शक्तिशाली देखाउन कै लागि बनेपाका युबराज जयशत्तिलदेवले स्रि्रौनगढ राज्यलाई आफ्नै देश भक्तपुर माथि आक्रमण गर्न पटक पटक बोलाएको कुरा पनि उपन्यासमा उल्लेख छ । त्यसैगरि कर्ण्ााली प्रदेशको सिंजामा पालबंशी शासकलाई हराएर चल्लबंशी नागराजले स्थापना गरेको सिंजाली खस राज्यको बर्ण्र्ााो साथै सो बंशका सातौं पुस्ताका राजा जितारि मल्लले नेपालमा पटक पटक आक्रमण गरेर कतिपय समयमा त अधिनमा समेत पारेर हजारौ नागरिकको हत्या गरेर लासै लासको खात लगाएर पशुपतिनाथ लगायत मन्दिर तथा देवालयहरु समेत लुटेर लगेको कुरा पनि उपन्यासमा लेखकले समाबेश गरेका छन । यसको अलावा बाहृय आक्रान्ता बंगालको सुल्तान समसुद्दिन इलियासले काठमाण्डौ उपत्यकामा आक्रमण गरेर एक हप्तासम्म लुटपाट गरी पशुपतिनाथको मन्दिर, स्वयम्भूको चैत्य लगायत विभिन्न देवालयहरु तोडफेाड गरेर ध्वस्त बनाई सम्पती लिएर हिडेको कुरा पनि रोचक ढंगले उल्लेख गरेको पाइन्छ ।
यस उपन्यासकी नायिका देवलदेवी स्रि्रौंनगढका राजा हरसिंहदेवकी महारानी हुन्छीन । स्रि्रौनगढ राज्यसंग कुटनैतिक सम्बन्ध सुधार गर्नको लागि भक्तपुरका उपराजा जयतुङ्ग मल्लले आफ्नी छोरी देवलदेवीको विवाह स्रि्रौंनगढका राजा हरसिंहदेवसंग गरिदिन्छन । बाल्यकालको साथी बनेपाको सामन्त पुत्र अनेकराम बर्द्धनसंग देवलदेवीको पे्रम भएपनि आमा बाबुको कुरा काट्न नसकेर हरसिहसंग विवाह गर्न मन्जुर गर्दछिन ।

स्रि्रौनगढमा पुगेर केहि बर्षरानी भएर बसेपछि उनले एउटा छोरो जन्माउँछिन । उनको छोरो जगतसिंह सानै हुंदा स्रि्रौनगढमा दिल्लीको सुल्तान गयासुद्धिनका एकलाख सेनाले अचानक आक्रमण गर्छन । गयासुद्धिनसंग टिक्न नसकेर हरसिहदेव आफ्नी रानी देवलदेवी, वालक छोरो जगतसिंह र महामन्त्री चण्डेश्वर ठक्कुर र केहि सेना लिएर दरवार छोडेर भाग्छन र आफ्नो राज्य अर्न्तर्गत पर्ने पर्ूर्वी पाटन – हाल सिन्धुली ) मा निर्बाशित हुन्छन र एकबर्षपछि उनको मृत्यु हुन्छ । युवावस्थामा नै बिधुवा भएकी देवलदेवी त्यहाँ बस्न नसकेर माईति देश भक्तपुरमा शरण लिन हिड्छिन । बाटोमा बासबसेको बेलामा दोलखा राज्यको भारदार मझि भारोले लुटपाट गर्छ । दुख कष्टका साथ उनी भकतपुर पुग्छीन ।

उनका पिता जयतुङ्ग मल्लकोे मृत्यु भैसकेको हुन्छ । दाजु जयरुद्र मल्लले शरण दिन्छन । देवलदेवी भक्तपुर पुगेको केहि बर्षपछि दाजु जयरुद्रको पनि मृत्यु हुन्छ । उनको मृत्यु पछि उनकी छोरी नायक देवीलाई गद्धिमा राखेर देवलदेवी र जयरुद्र मल्लकी आमा पदुमलदेवी शासन चलाउन थाल्छीन । यहि समय देखि देवलदेवीले आमालाई शासनमा सहयो गर्ने निहुँले विस्तारै शक्ति हात पार्दै जान्छीन । पछि उनको बाल्यकालको प्रेमी अनेकरामसंग भेट हुन्छ र उसले पनि मन बचन र कर्मले देवलदेवीलाई सहयो गर्दछ । उनकी आमा पदुमलदेबीको मृत्यु भएपछि उनी आफै नायवी भएर शासन चलाउन थाल्छीन । पछि उनले महाराजाधिराजा को पदवी समेत धरणा गर्दछिन । आफ्नो रुपको जादुले भारदारहरुलाई मख्ख पार्ने र काम सकिए पछि अनेकरामबाट हत्या गर्न लगाउँछिन ।

नायकदेवीसंग बिवाह गर्न काँशीबाट डोलाको रुपमा ल्याईएका हरिश्चन्द्र र गोपालचन्द्रलाई षड्यन्त्र गरेर अनेकरामको सहयोगमा हत्या गराउछिन र विधुवा नायकदेवीको बिवाह आफ्नो पुत्र जगतसिहसंग गराउँछिन । पछि आफ्नो पुत्र जगतसिंह समेतलाई अनेकरामको सहयोगमा कारागारमा थुन्छीन । बुहारी नायकदेवीबाट जन्मीएकी देवलदेवीकी नातिनी गद्धिसिन रानी राजल्लदेवीको बिवाह गर्नको लागि जयस्थिती मल्ललाई डोलाको रुपमा झिकाएर बिवाह गरिदिन्छन र शासन संचालनको बागडोर क्रमशः जयस्थिती मल्लको हातमा सुम्पिए पछि उनको मृत्यु हुन्छ र उपन्यास सकिन्छ । कोइरालाले उपन्यासको अन्त अत्यन्त रोचक किसिमले गरेको हुँदा पाठकको हृदय पग्लीएर आँखा रसाउँछन ।

चौधौं शताब्दी जुन समयमा नारीहरु विधवा भएपछि सतीको रुपमा लोग्नेको चितासंगै जल्दथे । देवलदेवी यस्ति महिला थिईन जो आफु बिधवा थिईन तर सती गैनन । आफु राजा नभएर पनि महाराजाधिराजको पदवी धारण गरेर करिब चालिस बर्षम्म नेपालको शासन शात्तामा प्रमुख पात्रको रुपमा रहिन । त्यतिको शाहसी, बुद्धिमान र चतुर नारी पात्र नेपालले अहिलेसम्म पाएजस्तो लाग्दैन । भीम कोइरालाले यस्ति जमामर्द नारीलाई नायक बनाएर उपन्यास लेखेर नेपाली महिलाको सम्मान गरेका छन त्यसैले कोइरालालाई साधुवाद छ ।
उत्कर्षअवसानः
भीम कोइरालाको अर्को उपन्यास हो “उत्कर्षअवसान” यो उपन्यास नेपाली साहित्य बजारमा पाईने अन्य उपन्यास भन्दा फरक छ । अरु भन्दा यस कारणले फरक छ कि यो उपन्यास सुरु देखि अन्त सम्म नै ब्यंज्ञात्मक प्यारोडी शैलीमा लेखिएको छ । वि. सं. २०५२ साल देखि सुरु भएको जनयुद्ध र त्यस पछि रुमलिएको नेपालको राजनीतिक अवस्थालाई सटिक र व्यंज्ञात्मक पाराले प्रष्ट्याउले प्रयास गरिएको छ । कोइरालाले यस उपन्यासमा तीनवटा राजनैतिक खेलाडीहरुको बिषयमा चर्चा गरेका छन । क्रन्तिवादी, जो तत्कालिन समयको ब्रि्रोही समुह, शान्तिवादी, त्यतिबेलाका सत्तासिन दलहरु, र भ्रान्तिवादी, दरवारिया शक्ति ।

यि तीनवटा गुट जो एकले अर्कालाई कमजोर बनाएर सत्ता प्राप्त गर्ने दाउमा रहन्थे । बहुदलीय व्यवस्था आएपछि दरवार भित्र मात्र सिमित भएको आफुलाई परम्परागत शक्ति ठान्ने दरवारियाहरु अनेक प्रपन्च गरेर पुनः सत्ता र शक्ति हातमा लिने धुनमा हुन्छन । यस उपन्यासमा शान्तिवादी भनेर चित्रित गरिएका बहुदलवादीहरु भित्रका तारे र झालेमाले गुट सत्ता प्राप्त गर्न एक अर्काको खैरो खन्ने र अनेक थरिका प्रपन्च गरेर सत्तामा पुग्ने खेलमा मात्र रहन्छन । यि तीनवटा गुटको फोहोरी राजनैतिक खेलबाट बीचमा रहेका जनता भने जाँतोमा मकै पिसिझैं पिसिन्छन ।
देशको गा्रमिण क्षेत्रमा क्रमशः क्रान्तिबादीले पकड जमाउँदै जान्छ , जनता गाउँमा बस्न नसकेर शहरमा पसेर आश्रय लिन थाल्छन । शान्तिवादी र दरवारिया शक्तिलाई यसको केहि पर्बाह हुन्न । उनीहरु सत्ताको खेलमा नै रमाईरहेका हुन्छन । जब उनीहरु माथि नै भौतिक कार्वाहि प्रारम्भ हुन्छ र जिल्ला सदरमुकाम समेतमा ब्रि्रोहीबाट आक्रमण हुनथाल्छ अनी सत्तासिनहरु डराएर बार्ता गर्न थाल्छन । पटक पटक भएका बार्ता बिफल हुन्छन । ब्रि्रोहिले झन झन शक्ति आर्जन गर्दै जान्छ र शहरमा पनि धावाबोल्न सक्ने हुन्छ । शान्तिवादी समुहमा भएको चरम गुटबन्दिको कारणले झालेमाले समुह टुक्रीएर दुई गुट बन्दछ । आफ्नो प्रतिस्पर्धि समुह फुटेकोले तारे समुह अत्यधिक खुसि हुन्छ । बिडम्बना नै भन्नु पर्यो उसको खुसि पनि धेरैदिन रहदैन ।

सो गुटमा पनि फुट आउँछ । यसको फाईदा दरवारिया शक्तिले लिन्छ र सैनिक प्रयोग गरेर सत्ता हातमा लिन्छ । यस भन्दा पहिले दरवारीया शक्तिमा पनि चरम असंतुष्टि भई एउटा गुटले अर्को गुटका सम्पर्ण बंश नाश हुने गरी हत्या गरेको हुन्छ र आफु सत्तासिन भएको हुन्छ । अर्कोतिर जंगलमा रहेको क्रान्तिवादी समुहमा पनि शक्तिशाली दुइ समुह देखा पर्छन र एक अर्का बीच बन्दुक तानेर मर्न मार्न तयार हुन्छन । देशका सबै राजनैतिक शक्तिहरु गुट र फुटको कारणले शक्तिहीन भएको मौका छोपेर बाहृय शक्तिले उनीहरुलाई खेलाउन थाल्छ । यो सबै कुराको भेउ पाएर क्रान्तिवादी शान्तिवादी समुह मिल्छन र सत्ताको बागडोर सम्हालेर बसेको दरवारीय शक्ति नागेन्द्र बिरुद्ध जन आन्दोलन गर्छन र नागेन्द्रलाई सत्ताबाट हटाएर उनीहरु सत्तासिन हुन्छन ।

उपन्यासका मुख्य तीन नायकहरु, पर्बतराज, भद्रचण्ड र नानीराम कसैले पनि जीवन देखि संतुष्टि पाउँदैनन् । पर्बतराजको राष्ट्र् नायक हुने चाहना भद्रचण्ड र नानीरामले असफल पार्दछन यसै पिरले उसको मृत्यु हुन्छ । उता नानीराम र भद्रचण्ड पनि आफुबाट पहिले भएका गल्ती कमजोरीलाई सम्भिmएर पछुताउँछन । उनीहरुमा वैराग्य उत्पन्न हुन्छ र साक्षात भगवानको दर्शन भएको भ्रम पर्न थाल्छ र नानीराम पत्नी सहित कैलास मानसरोबरमा गएर भिक्षु हुन्छ भने भद्रचण्ड पनि सन्यास धारण गरेर गेरु बस्त्र लाएर सपत्नी बराह क्षेत्रमा गएर बस्न थाल्दछ । यति मै उपन्यासको अन्त हुन्छ ।
उपन्न्यासकार कोइरालाले यसलाई राजनैतिक उपन्यास भने पनि यो पनि ऐतिहासिक उपन्यास भन्दा पनि फरक पर्दैन । किनकि २०५२ साल देखि २०७० साल सम्मको नेपालको राजनैतिक इतिहासलाई सिलसिलेवर संग यसमा उल्लेख भएको पाइन्छ । यसमा केबल तिथी मिति मात्र उलले भएको छैन । माओवादी जन युद्धको प्रारम्भ, त्यसपछि भएका राजैतिक खिचातानी जसमा नेपली कांग्रेस र एमाले बीचको सत्ता प्राप्तीको लागि भएका फोहोरी खेल, माओवादीसंग पटक पटक भएका असफल बार्ता , प्रहरी, सेना र माओवादी वीच भएको युद्ध र त्यसको बीचमा परेर मारमा परेका जनता । राजदरवार हत्याकाण्ड , त्यस पछि ज्ञानेन्द्र शाहको सत्तारोहण, । कांग्रेसमा गिरिजाप्रसाद र शेरबहादुर बीचको टकराबको कारणले पार्टर्ीीmुट्नु एमालेका बामदेब गौतममा आएको महत्वकांक्षाको कारणले पार्टीमा आएको फुट ।

पार्टीमा आएको टुटफुटको फाईदा उठाएर राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनु , पार्टर्ीीले सहकार्य गरेपछि भएको जन आन्दोलनले ज्ञानेन्द्रलाइृ सत्ताच्युत मात्र नगरेर राजतन्त्र नै हटाएर गणतन्त्र घोषणा भएको कुरा समेत फरक शैलीमा उपन्यासमा उल्लेख गरिएको हुँदा उत्कर्षअवसानलाई ऐतिहासिक उपन्यास भन्दा पनि फरक पर्दैन । पढ्न अत्यन्त रोचक भएकोले राजनीति र इतिहासमा चासो राख्नेले एकपल्ट पढ्नै पर्ने किताब रहेको छ । र्सबसाधारण पाठकलाई पनि २०५२ साल देखि २०७० साल सम्मको नेपालको राजनीति र इतिहास बुझ्नको लागि यो पुस्तक सहयोगि हुने छ । नेपालको इतिहासमा यो अबधिमा घटेका राजनैतिक घटना र गणतन्त्र आउनुसम्मका अभुतपूर्व घटनाहरुलाई सिलसिलाबद्ध किसिमले यो उपन्यासमा अटाएर पाठकलाई गुन लाउनु भएकोमा कोइरालालाई साधुवाद ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया