शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड ‘ग्रीन बुक’ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो ।

यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । ‘रोमा’ नामक अर्ध-आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले उक्त अवार्ड प्राप्त गरेका हुन् । उनको यो दोस्रो ओस्कार हो । उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए ।

पहिलो पटक ओस्कारका लागि मनोनयनमा परेकी अभिनेत्री ओलिभिया कोलमनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उनको ‘द फेवरेट’का लागि यो सम्मान प्राप्त गरेकी हुन् ।

यस्तै सर्वोत्कृष्ट अभिनेता तर्फ पनि पहिलोपटक ओस्कार मनोनयनमा परेका अभिनेता रमी मालेकले सम्मान हात पारे । उनले ‘बहिमियन र्‍याप्सोडी’मा गरेको दमदार अभिनयका लागि ओस्कार प्राप्त गरेका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया