शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता नियुक्त

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ गते बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियान्ताकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि नियुक्ति गरेको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गराएका उनीहरुले उक्त महाअभियानको अभियान्ताको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया