बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

सय करोड कटाउने माधुरीको ‘टोटल धमाल’

बलिउडको कमेडी फिल्म ‘टोटल धमाल’ले रिलिज भएको ९ दिनमा नै एक सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मले शुक्रबारसम्ममा ४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । तर शनिबार फिल्मको व्यापार बढेर ७ करोड भारु नाघेको थियो । टोटल धमाल सुपर हिट फिल्म ‘धमाल’को तेस्रो संस्करण हो ।

टोटल धमाल अजय देवगनको करियरको औं सफल फिल्म बनेको छ । यो फिल्म माधुरी दिक्षीत अभिनित पहिलो फिल्म हो, जसले एक सय करोडको व्यापार गर्न सफल भएको छ । फिल्ममा अजय देवगन र माधुरीसहित अनिल कपुर, रितेश देशमुख र अरशद वारसीको मुख्य भुमिका रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया