आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

विद्यार्थीसँग ट्राफिक महाशाखाका एसएसपी पन्त

ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले विद्यार्थीलाई ट्राफिक शिक्षा दिएका छन् । एसएसपी पन्तले मंगलबार काठमाडौंको गुहेश्वरी स्थित हिलारी इङलिस हाइ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिएका हुन् । मंगलबार दिउँसो हिलारी स्कुलमा पुगेर ५० भन्दा बढी विद्यार्थीलाई उनले ट्राफिक नियम सम्बन्धी शिक्षा दिएका थिए ।

सो अवसरमा ट्राफिक नियम सम्बन्धी चेतना मूलक बृतचित्र समेत प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुले एसएसपी पन्तलाई ट्राफिक नियम बारे विभिन्न जिज्ञाषा समेत राखेका थिए । भने एसएसपी पन्तले पालेपालो जवाफ दिएका थिए । ट्राफिक प्रहरीसँग विद्यार्थीहरुले प्रत्यक्ष भेट्न र प्रश्न गर्न पाउँदा विद्यार्थी उत्साहित भएका थिए । कार्यक्रममा सामाजिक अभियन्ता राधेश्याम मल्लले पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया