आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

शैक्षिक परामर्शमा ‘ईक्यान’ले एकरुपता ल्याउँछः निबर्तमान अध्यक्ष पाण्डे

 

अस्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा सयौं नेपाली बिद्यार्थी समस्यामा परेको खबर पछि नेपाल शैक्षिक परामर्श संघ ‘ईक्यान’ ले ‘एआइबिटी’ मा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान तिर जुटेको छ। ‘ईक्यान’ का निबर्तमान अध्यक्ष प्रकाश पाण्डेका अनुसार अध्ययनका लागि अस्ट्रेलिया पुगेका र समस्यामा परेका नेपाली विद्यार्थीहरुको भविष्य सुःनिस्चित गरिने प्रयाश भइरहेको बताएका छन् । अहिले गरिएका प्रयासले गर्दा उनले यो समस्याको सामाधान पनि चाँडै निस्कने विश्वास गरे ।

यस्तै आगामि दिनमा कुनै पनि यस्ता समस्या नदोहोरियोस् भन्ने उद्देश्यले ‘ईक्यान’ले शैक्षिक परामर्श दाताहरु बीच शैक्षिक परामर्शमा समाबेस गर्ने बिषयबस्तुहरूमा एकरुपता ल्याउने भएको छ । निबर्तमान अध्यक्ष पाण्डेका अनुसार यो अभियान अन्तर्गत ‘ईक्यान’ मा आबद्ध ब्यवसायीहरुले विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परामर्श दिँदा विद्यार्थीहरुले कलेज वा विश्वविद्यालयमा अध्ययनका लागि जानु अघिको प्रकृया, अस्ट्रेलिया पुगे पछि र कलेज वा विश्वविद्यालयको पाठ्यक्रम पुरा नभए सम्मको खर्च देखि त्यस बीचमा ध्यान पुर्याउनुपर्ने सबै खाले जानकारी लाई मौखिक मात्र नभई लिखित रुपमा पनि गराईने छ ।

निबर्तमान अध्यक्ष पाण्डेका अनुसार ‘ईक्यान’ ले यस्तो एकरुपता बढीमा १५ दिनमा ल्याईसक्ने छ । यसमा विद्यार्थी तथा अभिभावकलाई सबै कुराको जानकारी सहितको फारम अनिवार्य रुपमा भर्न लगाउँने भएको छ । ‘ईक्यान’ आबद्ध सबै शैक्षिक परामर्श व्यवसायीले यो फारम अनिवार्य रुपमा भर्नु पर्ने हुन्छ । यो फारम भरी सकेपछि विद्यार्थी तथा अभिभावकले धेरै जानकारी पाउँने ‘ईक्यान’को अपेक्षा छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया