शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

ट्रम्पका पूर्व चुनावी संयोजक जेल सजाय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ । फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई कैद सजाय सुनाएको हो ।

यसअघि अमेरिकाको न्यायिक विभागले २२ महिना लगाएर उनीमाथि लागेका अभियोगबारे अनुसन्धान गरेको थियो ।

युक्रेनलाई राजनीतिक परामर्श दिएबापत आर्जित आम्दानी लुकाएकोलगायतका ८ अभियोगमा पाउललाई पछिल्लो गृष्ममा भर्जिनिया अदालतले दोषी ठहर्‍याइएको थियो ।

अवैध पैरवीसम्बन्धी छुट्टै मुद्दामा पनि उनी तानिएका छन् । ट्रम्पले सन् २०१६ को निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न रसियासँग मिलेमतो गरेका छन् कि छैनन् भन्ने सुनुवाइमा उनी तानिएका हुन् । जसमा उनी अर्को साता जेल जान सक्ने बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार म्यानफ्रन्टले जीवनको पछिल्लो २ वर्ष निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया