आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

महिला दिवस (फोटोमा)

आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक-रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो ।

र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया