शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको लागि हो: सिके राउत

मधेसमा अलग राज्यको मागमा गतिविधिहरू गर्दै आएका सिके राउतले हिंसात्मक गतिविधिमा लागेर समय खेर फाल्ने बेला नभएको बताएका छन् ।

राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले भने,’हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको आन्दोलन हो, अधिकर तराईका जनतालाई मात्र नभएर सबैतिरका जनतालाई चाहिन्छ।’

आफूहरुले तराईका जनताका लागि मात्र काम नगरेको बताउँदै उनले भने, ‘हामीले तराईका जनताका लागि मात्र हैन पहाडका जनताका लागि पनि समस्या पर्दा सहयोग गरेका थियौं। देश भूकम्पको दु:खद घडीबाट गुज्रिरहेको समयमा उनीहरुलाई सहयोग गर्न सिन्धुपाल्चोक लगायतका स्थानमा गएर हामीले सक्दो प्रयास गरेका थियौँ।’

उनले आफ्नो समूहलाई मूल धारको नेपाली राजनीतिमा समावेश गराउँदै उक्त कुरा बताएका हुन् । उनले आफूहरूले उठाएको विषय गम्भीर रहेको र सरकार पक्षलेसमेत गम्भीर रूपमा लिएको बताए ।

‘जनता सार्वभौम छन्, जनताले चाहेमा परिवर्तन सम्भव छ’ उनले सरकारसँगको सहमतिमा हस्ताक्षर पछि भने, ‘यसमा सबैको जीत भएको छ, राज्यको जीत भएको छ, जनताको पनि जीत भएको छ ।’

राउतले पछिल्लो पटक पाँच महिना जेल बस्दा स्वतन्त्रता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उल्लेख गरेका थिए । उनले भने, ‘लामो जेल जीवन बिताउनु भएका प्रधानमन्त्री सामु जेलको अनुभव सुनाउनु सूर्यको अघि दियो बालेजस्तै हो ।’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया