शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

आफैले बनाएको बिधान कार्यान्वयन नगरेकाले नेविसंघमा बिवाद: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, देउवाले भने ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ ।’ देश टुक्राउने विषय भने कांग्रेस मान्य नहुने भन्दै देउबाले राउत र सरकारबीच भएको सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने देउवाले बताए ।

उनले पार्टीभित्र सहमतिको नाममा धेरै कुर्दा काम गर्न नपाएको दुखेसो पोखे केन्द्रीय कमिटिको चुनाव लड्न वडा स्तरबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्न खोज्दा बिरोध भएको भनी देउबाले असन्तुष्टि जनाए ।

अबको नेतृत्वको विषयमा आफूले केही घोषणा नगरेको तर चुनाव लड्ने सबैलाई अधिकार भएको बताए । नेविसंघका नेताहरुले आफैले बनाएको बिधान कार्यान्वयन नगरेकाले बिवाद भएको सभापती देउवाले बताए ।

काँग्रेसले सबै धर्मलाई समान व्यवहार गर्ने भन्दै देउवाले धर्मको विषयमा पछाडी नर्फकने स्पष्ट पारे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया