आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

ला लिगा फुटबल: बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अग्रता बढाउँदै लागेको छ । बार्सिलोनाले शनिबार राति खेलमा पछि परेको स्थिति उल्टाउदै रायो भालेकानोमाथि ३–१ को जित निकाल्दै अग्रता बढाएको हो ।

खेलको २४ मिनेटमा डे तोमास गोमेजले गोल गरेर भालेकानोलाई अग्रता दिलाएका थिए । तर जेरार्ड पिकेले ३८ मिनेटमा बराबरी गोल फर्काउन सफल भए । लिओनल मेसीले ५१ मिनेटमा पेनाल्टीमा गोल गर्दा बार्सिलोनाले अग्रता लियो । लुइस सुआरेजले ८२ मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए ।

लिगको अन्य खलमा एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० र गेटाफेले हेउसालाई २ؘ–१ ले पराजित गरेका छन् । अलाभेस र एइबारबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।

लिगको शीर्ष स्थानको बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ । दोस्रो स्थानको एट्लेटिकोको समान खेलबाट ५६ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको रियल म्याड्रिडको ४८ अंक छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया