आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

आफू अपहरणमा परेको भनी फिरौती माग्ने पक्राउ

धनगढीका एक व्यापारीले आफू अपहरणमा परेको भनी नाटक गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ । सेती अञ्चल अस्पतालमासमेत कार्यरत रहेका जगतबहादुर सिंहले भारत पुगेर आफ्नै परिवारलाई अपहरणमा परेकाले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

उनले धनगढीमै फेन्सी पसल समेत खोलेका छन् । परिवारले उनको नाममा रकम जम्मा गरेपछि प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानमा खटिएको प्रहरीले भारतीय नम्बरको मोबाइल लोकेसनका आधारमा खोजी गरी पक्राउ गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया