शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

अदालतले दियो विप्लवका कार्यकर्ता रिहा गर्ने आदेश

उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएका छन् ।

प्रहरीले उनीहरुलाई फागुन २१ गते तुलसीपुरमा आयोजित सहिद, बेपत्ता, घाइते, अपांग परिवारलाई अभिनन्दन कार्यक्रमबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका प्रदिपबहादुर वलीकी श्रीमती रमिता वलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामबहादुर थापाको इजलाशले उनीहरुलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै मुक्त गर्न आदेश दिएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया