आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

कालिकोटको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा स्कुल बसले किचेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ निवासी २ वर्षिया बर्षा शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

प्रहरीकाअनुसार सोमबार जिल्ला सदरमुकाम मान्मस्थित बालविकास बोर्डिङ स्कुलको भे १ ख २३८२ नम्बरको बसले हुल्म बजारमा ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको जिल्ला अस्पताल कालिकोटमा समान्य उपचार पछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

घाइते बालिकाको प्रदेश अस्पताल कालागाँउ सुर्खेत पुगेपछि अस्पतालमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया