शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

प्रशिक्षक जिनेदिन जिदान पुनः रियल म्याड्रिडमा फर्किए

प्रशिक्षक जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियल म्याड्रिडमा फर्किएका छन् । फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी ४६ वर्षीय जिदानले रियल म्याड्रिडबाट पनि पाँच वर्ष ब्यवसायिक फुटबल खेलेका थिए । रियलको सफल प्रशिक्षकका रूपमा परिचय बनाएका जिदानले १० महिनापछि पुनः रियल म्याड्रिडमा फर्किएका हुन् ।

आफ्नो माग पुरा नभएपछि गत मेमा क्लब छाडेको जिदानले यसपटक सन् २०२२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता गरेको बताइएको छ । जारी सिजनमा गतिलो प्रदर्शन गर्न नसकिरहेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडलाई पुनः लयमा फर्काउनु यतिबेला प्रशिक्षक जिदानका लागि सबैभन्दा ठुलो चुनौति हो ।

एकपछि अर्को खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिड अहिले स्पेनिस ला लिगा तालिकाको तेस्रो स्थानमा छ । रियल म्याड्रिड लिग लिडर बार्सिलोनाभन्दा १२ अंकले पछाडि छ । रियल म्याड्रिड यो सिजन युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगबाट पनि बाहिरिइसकेको छ । रियल म्याड्रिड च्याम्पियन्स लिगको सबैभन्दा बढी उपाधि जित्ने टोली हो ।

जिदानलाई पुनः प्रशिक्षकका रुपमा नियुक्त गरेपछि रियल म्याड्रिडले आफु पुनः पुरानै लयमा फर्किने विश्वास लिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया