शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

विप्लवका दुई कार्यकर्ता पक्राउ

रुकुम पश्चिममा राप्ती बन्दका क्रममा विद्यालयको बस तोडफोड गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

सोमबार बेलुका मुसिकोट नगरपालिका १० बाट मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले वताए ।

पक्राउ परेका दुवै पार्टीको जिल्ला सदस्य हुन् । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरू बन्दको दिन रा १ क ८७१ नम्बरको स्कुल बस तोडफोड गरेर भागेका थिए । तोडफोडमा संलग्न दुई जना पक्राउ गरेपनि अरु दुई जना फरार छन् ।

मुसिकोट नगरपालिका ४ सेरिगाउँमा रहेको न्यु मुन लाइट स्कुलको बस बिहीबार बेलुका ५ बजे तोडफोड भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया