शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

बम विस्फोट गराउने विप्लव समूहमाथि सरकारको प्रतिबन्ध !

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाएको छ । विप्लव समूह आपराधिक संगठन भएको निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउने मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको क्याबिनेट श्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र आतंकबारे व्रिफिङ गरेका थिए ।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले अपराधिक गतिविधिमा रोक लगाउनु परेको जनाइएको छ ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया