सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा स्वागत गरिएको छ । तराई–मधेसको धार्मिक भ्रमणका क्रममा साँझ जनकपुरधाम आइपुगेका उनलाई स्थानीयले स्वागत गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र आज जनकपुरस्थित सीताशरण होटलमा बस्नेछन् ।

फागुन ३० मा सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिर, चैत १ गते जनकपुरधामस्थित श्रीरामजानकी मन्दिर र चैत २ गते गाईघाटको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनका निजीसचिव फणीन्द्र पाठकले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रका लागि होटलमा ८ कोठा बुक गरिएको छ। होटल वरिपरि यतिबेला सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जनकपुरधामको केही स्थानमा पूर्वराजा शाहको स्वागतमा ठूला द्वारहरू समेत निर्माण गरिएको थियो ।

फागुन २२ गते नै उनी जनकपुर आउने कार्यक्रम थियो तर पूर्व मुमाबडामहारानी रत्न शाह बिरामी भएर अस्पतालमा भर्ना गर्नु परेकाले रद्द भएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया