शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

च्याम्पियन्स लिग: ५ गोल गर्दै बार्सिलोना पुग्यो क्वार्टरफाइनलमा

स्पेनिस महारथी बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बुधबार अबेर राति सकिएको अन्तिम १६ को दोस्रो लेगको खेलमा फ्रेन्च क्लब लियोनलाई ५-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएकाले बार्सिलोनाले समग्रमा ५-१ को जित निकाल्यो । बार्सिलोनाका लागि लिओनल मेसीले १७ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे। यस्तै काउटिन्होले ३१ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

५८ मिनेटमा लियोनका टोसार्टसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो । ७८ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । जेरार्ड पिकेले ८१ मिनेटमा चौथो गोल गरे भने ८६ मिनेटमा उस्मान डेम्बेलेले पाँचौ गोल गर्न सफल भए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया