शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

सामाजिक सञ्जालहरुमा समस्या: फेसबुकमा अहिलेसम्मकै खराब समस्या

सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपको लगइनमा बुधबार रातिदेखिनै समस्या आएको छ । नेपालसहित विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यी तीन वटै प्ल्याटफर्म लग इनमा समस्या देखिएको बताइरहेका छन् ।

एप्स तथा ब्राउजरबाट फेसबुक लगइन गर्दा ‘फेसबुक डाउन’ भएको म्यासेज पठाइएको छ ।

फेसबुकका सेवाहरूमा विश्वभर अवरोध देखिएको छ । यो समस्या फेसबुकले अहिलेसम्म व्यहोरेको सबैभन्दा खराब समस्या भएको बताइएको छ ।

नेपाली समयअनुसार बुधवार राति १० बजेबाट त्यस्तो समस्या देखिन थालेको बताइएको छ । फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममासमेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक गरिएको छैन ।

फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन सकेका छैनन् । म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ । ह्वाट्सएपमा यसको असर देखिएको छैन ।

“फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ,” फेसबुकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले जनाएको छ ।

अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ ।

यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए । अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसक्यो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया