शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

प्रधानमन्त्री ओली मिर्गौैला दिवसमा सहभागी

प्रधानमन्त्री केपी शर्मा वली मिर्गौला दिवसको अवसरमा आयोजित वाकाथनमा सहभागी भएका छन् । शिक्षण अस्पतालको मिर्गौला विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक तथा अस्पतालकी मिर्गौला विभाग प्रमुख डा दिव्या सिंहले सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । नेपालमै मिर्गौला प्रत्यारोपणको अगुवाइ गरेकी डा सिंहकै आग्रहमा मिर्गौला प्रत्यारोपित प्रधानमन्त्री ओली वाकथुनमा सहभागी भएका हुन् । केही वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि आफन्तको दानबाट प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला रोग विशेषज्ञ डा सिंह त्यसपछि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा उपचार सेवा दिइरहेकी छिन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया