सोमबार, असार २, २०७६
www.samsararemit.com

पत्नी सीताको उपचार गर्ने बहानामा प्रचण्ड अमेरिका प्रस्थान

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । उनी पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन् । उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहाल छिन् । पछिल्लो समययता प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) बाट पिडित सीताको यसअघि सिंगापुरमा उपचार हुँदै आएको थियो ।

अमेरिकामा पत्नी सीताको बिरामीसँग सम्बन्धित उपचारको राम्रो र पछिल्लो प्रविधिको विकास भएको भन्ने थाहा पाएको र पत्नी सीताले पनि एकपटक अमेरिका लगिदिए सन्चो हुन्थ्यो कि भनेर केही महिनादेखि भनेकाले अमेरिका प्रस्थान गर्नुपरेको दाहालले बताए । सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने दाहालको सचिवालयले जनाएको छ ।

दाहाल यसअघि नै अमेरिका जाने बताइएको थियो । तर भेनेजुएला प्रकरणमा विवादास्पद विज्ञप्ति जारी गरेपछि उनको भ्रमण पनि अनिश्चित बनेको थियो । उनकै विज्ञप्तिको कारण अमेरिकासँग नेपालको सम्बन्धमा प्रश्न उठाइएको थियो । तर अमेरिकी राजदूतले दाहाल निवासमै पुगेर आग्रह गरेपछि उनी अमेरिका जान तयार भएका हुन् ।

उनले आफ्नो अमेरिका भ्रमणको मुख्य उद्देश्य पत्नी सीताको उपचार नै भएको दावी गरेका छन् । अमेरिकामा राजनितिक भेटघाट पनि हुनसक्ने उनले बताए । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा सीता दाहालको ‘पिएसपी’ रोगको उपचार हुनेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया