बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

‘तिरुपति’मा मंगलबार होली विशेष हुँदैः डिजेका साथमा अतिथिले मस्ती गर्ने

 

यो पटकको होलीमा काठमाडौंको शिव तिरुपति होटलले करिव एक सय परिवारलाई कलाकार तथा डिजेको साथमा मस्ति गराउँने भएको छ । काठमाडौंको कमलादी स्थित शिव तिरुपति होटलले मंगलबार होली विषेश कार्यक्रम गर्ने भएको हो । मंगलबार साँझ ५ बजे देखि होटलको आफ्नै हलमा होली विषेश कार्यक्रम आयोजना गर्न लागिएको होटल सञ्चालक कल्पना आचार्यले जानकारी दिएकी छिन् ।

कार्यक्रममा कलाकारहरुले रसियन ड्रान्स प्रस्तुत गर्ने छन् । त्यस्तै नेपाली कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रमका आकर्षक डिजे विजय पुकारले होली विषेशलाई थप रमाइलो गराउँने छन् ।

होली विषेशमा शिव तिरुपतिले आकर्षक योजना पनि ल्याएको छ । जसमा एक जना अतिथि आए १०९९ को टिकटमा एउटा वियर र स्न्याक्स उपहार पाउँने छन् । त्यस्तै परिवारका सदस्य सहित आए १७९९ को टिकटमा दुईवटा वियर र स्न्याक्स निशुल्क पाउँने छन् । कार्यक्रममा आकन्तुकलाई रमाइलो गराउँन विषेश रंगले होलीलाई थप रमाइलो पार्ने छ ।

होली खेलीसकेपछि त्यसकव रंगले कसैलाई पनि असर नगरोस् भन्ने उद्देश्यले अर्घानिक कलर अभिर र केशरी प्रयोग गरिने सञ्चालक आचार्यले जानकारी दिइन् । कार्यक्रम राति १२ बजे सम्म सञ्चालन गरिने छन् ।  आवस्यकता अनुसार अतिथिहरुलाई होटलमै बस्ने पनि व्यवस्था हुने बताईएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया