बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

आङदम्बेको संयोजकत्वमा कांग्रेस केन्द्रीय अनुशासन समिति गठन

नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको छ । पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ ।

बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार “केन्द्रीय अनुशासन समिति’ सर्वसम्मतिले गठन गरेको जनाइएको छ ।

पाँच सदस्यी समितिको सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर चयन भएका छन् । बाँकी रहेका सदस्यमा वरिष्ठ नेता पौडेलले नाम उपलब्ध गराएपछि पदपूर्ति हुने स्रोतले जनाएको छ । समितिले गर्ने काम कारबाहीका विषयमा पनि सहमतीबाटै निर्णय लिइने सहमती भएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया