बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

बहस नसकिएपछि पूर्व एसपी विष्ट प्रहरी नियन्त्रणमा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको आरोप लागेका पूर्व एसपी दिल्लीराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथिको बहस नसकिएकाले जिल्ला अदालत कञ्चनपुरमा मंगलबार हाजिर भएका एसपी विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी जिल्ला अदालत कञ्जनपुरमा हाजिर भएका थिए ।

हत्याका सम्बन्धमा अर्का आरोपी सिआइबीका डिएसपी अंगुर जिसी भने अदालतमा हाजिर भएका छैनन् । गत साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या भएका बेला विष्ट कञ्चनुर प्रहरी प्रमुख थिए ।

हत्या भएपछि प्रहरीले अनुसन्धानमा लापरबाही गरेर प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै पीडित पक्षले उनीलगायत अनुसन्धानमा संलग्न अन्य प्रहरीविरुद्ध उजुरी दिएका थिए।

लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसपी विष्टलाई सेवाबाट समेत हटाएको थियो । अन्य प्रहरी अधिकारीहरु भने यसअघि नै अदालतमा हाजिर भएर सामान्य धरौटीमा रिहा भइसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया