आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडौं जिल्लाका विभिन्न स्थानमा बम विस्फोट भनी भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका-६ बस्ने अनलाईन आवाज डटकमका पत्रकार गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार रुपन्देहीबाट पक्राउ परेका खनाललाई साइबर अपराध अन्तर्गत कारबाहीका लागि मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ । खनालका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया