आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

सातै प्रदेश झल्किने नेपाली खाना महोत्सव काठमाडौंमा

खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक  आकर्षित गर्ने उदेश्यले काठमाडौंमा सातै प्रदेशका परिकार सहितको नेपाली खाना महोत्सव सम्पन्न भएको छ । कालिमाटी स्थित एक्सप्लोर स्कुल अफ होटल म्यानेजमेन्ट शनिबार आयोजित कार्यक्रमा सातै प्रदेशको विभिन्न परिकार प्रदर्शनमा राखिएको थियो । कार्यक्रममा सहभागिहरुले एक एक गरेर सातै प्रदेशका परिकारको स्वाद लिएका थिए ।

नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतको प्रमुख अघुवाइमा भएको महोत्सवमा प्रदेश नम्बर १ को भक्का, प्रदेश २ को कडी पकौडी, प्रदेश ३ को चटामरी र मिस्टर चटामरी, प्रदेश ४ को पिडालु बल र तरुल साँधेको, प्रदेश ५ को फुल्की चुकौनी, प्रदेश ६ को हिमाली भेगको फापरको रोटी र फापरको पोरिज, प्रदेश ७ को बटुक लगायतका परिकार प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दिपक महतले खाना र संस्कृति नेपालको पर्यटनको अभिन्न अंग भएको बताए ।  सोही कार्यक्रममा नेप्लिज वल्डवाईड सेफ एशोसएशनका संस्थापक अध्यक्ष लिंकन एभरेष्टले बिदेशमा रहेर पनि नेपाली खानाको बिकाशमा सबै नेपालीहरु र सेफहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।

सोही अवशरमा प्रमुख अतिथि महत र लिंकन एभरेष्टले नेप्लिज फुड गुरु सुरेशचन्द्र बस्नेतलाई सम्मान गरिको थियो । कार्यक्रममा अध्यक्षता एक्सप्लोर स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले गरेका थिए । अतिथीहरुमा सेफ्स एसोसिएसन नेपालका अध्यक्ष श्रीराम अधिकारी, होमस्टे एसोसिएसनका अध्यक्ष केशव बडाल, वल्र्ड भोलिन्टीयर नेपालका अध्यक्ष अक्कल तामाङ लगायत व्यवसायी, पर्यटन क्षेत्र तथा होटल व्यवस्थापन लगायतको उपस्थिति रहेको थियो।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया