बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

‘नेपाली फुड गुरु’ बस्नेत डोमेस्टीक टुरिजम ब्राण्ड एम्बेसडरमा मनोनित

‘नेपाली फुड गुरु’ तथा ‘नेप्लिज वल्डवाइड सेफ एशोसिएशन’का उपाध्यक्ष सुरेश बस्नेत डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित भएका छन् । गन्तव्य नेपाल ग्रुप अन्तर्गत रहेको गन्तब्य नेपाल ईभेन्ट म्यानेजमेन्टले बस्नेतलाई डोमेस्टीक टुरिजम मार्ट (डिटीएम)को ब्राण्ड एम्बेसडरमा मनोनित गरेको हो ।

बस्नेत लामो समय देखि नेपाली खानाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न सकिन्छ भन्ने अभियानमा सक्रिय रहँदै आएका छन् । उनि यति बेला सातै प्रदेशको खानाको प्रचार प्रसारमा जुटेका छन् । ब्राण्ड एम्बेसडरमा मनोनित भएका बस्नेतले पर्यटन क्षेत्रमा महत्व पूर्ण योगदान पुर्याउँने  अपेक्षा लिइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया