सोमबार, असार २, २०७६
www.samsararemit.com

आइपीएलमा सन्दीप लामिछानेको शानदार प्रदर्शन

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले कोलकत्ता नाइटराइडर्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका हुन् ।

घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २९ रन खर्चिए । दिल्लीको तेस्रो खेलमा प्लेइङ-११ मा अटाएका सन्दीपले आफनो पहिलो ओभरमा उत्कृष्ट बलिङ गरे । ५ बल डट फालेका उनले १ रन खर्चिएका थिए ।

दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले निखिल नायकलाई पभेलियन फर्काए । तेस्रो ओभरमा शुबमन गिललाई रनआउटसहित सन्दीपले ३ रन खर्चिए ।

चौथो ओभरमा सन्दीप केही मंहगो साबित भए । उनले २ छक्का र १ चौकासहित १७ रन खर्चिए । आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर लामिछालाई आफ्नो तेस्रो खेलमा मैदान उतारेको हो । दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा भइरहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया