सोमबार, असार २, २०७६
www.samsararemit.com

हावाहुरी पीडितलाई कर्णाली प्रदेश सरकारले एक करोड दिने

बारा र पर्सामा केहि दिन अघि गरेको हावाहुरी प्रभावितहरूलाई कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ । शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि कर्णाली प्रदेश मन्त्रिपरिषदले गरेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया