बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

भारतमा चुनावी सगर्मीः कंग्रेस परिवारवाद र पैसाले चलेको मोदीको आरोप

भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कंग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कंग्रेसको नाम उल्लेख नगरी भने, ‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।’

कंग्रेसप्रति आक्रामक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहेनत गरेको बताए । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन बिताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरूले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ । (रासस/एएनआई)

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया