सोमबार, असार २, २०७६
www.samsararemit.com

नेपाल भारतसँग पराजितः तेस्रो चरण पुग्ने सम्भावना न्यून

म्यानमारमा जारी ओलम्पिक छनोट फुटबलको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । समूह ए को पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजय भोगेको नेपाल आज भारतसँग ३–१ ले पराजित भयो । जित्नैपर्ने दबाबमा रहेको नेपाल पराजित भएसँगै तेस्रो चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

म्यानमारस्थित मन्डलार थिरि रंगशालामा पहिलो हाफमा १–१ को बराबरी खेलेको नेपाल दोस्रो हाफमा २ गोलको शिकार भयो । भारतले १ गोल पेनाल्टी र १ गोल फ्रिकिक मार्फत गर्दै जित सुनिश्चित गर्दा नेपालले अवसर सदुपयोग गर्न सकेन् ।

५९ औं मिनेटमा फ्रिकिक गोलमार्फत २–१ अग्रता लिएको भारतले ७७ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपाली खेलाडीले गरेको फाउलमा प्राप्त पेन्नाल्टी सदुपयोग गर्दै भारतले ३–१ को जित निकालेको हो । त्यसअघि पहिलो हाफमा नेपालले बराबरी खेलेको थियो । पाँचौं मिनेटमा भारतले लिएको अग्रता नेपालले १ मिनेट बित्न नपाउँदै बराबरी गरेको थियो । सावित्रा भण्डारीको पासमा कप्तान निरु थापाले गोल गरेकी थिइन् । तर दोस्रो हाफमा गोलका अवसर श्रृजना गरेपनि नेपालले सदु्पयोग गर्न सके ।

नेपाल समूह ए को पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ३–१ ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्नेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया