बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

हुरीले छानो उडाउँदा पैदल यात्रु सहनीको मृत्युः दुईदिन पछि मौसममा सुधार आउँने

सर्लाहीको रामनगर गाउँपालिका १ मा हावाहुरीले घरको छानो उडाउँदा शनिबार दिउँसो छानोले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ । हावाहुरीले सडक छेउमा बाँसको टाटी र फुसले छाएको खाजा घरको छानो उडाउँदा पैदल यात्रु स्थानीय ४५ वर्षीय पन्निलाल सहनीको मृत्यु भएको हो ।

छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो । शनिबार बिहानदेखी देशका सबै सबै स्थानमा हावाहुरै सँगै पानी परेको थियो ।

अघिल्लो साता बारा र पर्सामा हावाहुरीले बितन्डा मच्चाएपछि हावा आउनसाथ तराईंमा त्रास बढ्न थालेको छ । मौसममा सुधार आउँन अझै दुई दिन लाग्ने मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया