बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

बस दुर्घटनामा धरानमा ४ र मलेसियामा दुई जनाको मृत्युः ४९ जना घाइते

सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसै बीच मलेसियामा भएको सवारी दुर्घटनामा दुई जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया