आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

बारा र पर्साका हावा-हुरी पीडितलाई ‘इक्यान’ले गर्यो पाँच लाख सहयोग

गत चैत्र १७ गते बारा र पर्सामा आएको हावा हुण्डरीका पीडितलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सहयोग गरेको छ । बारा र पर्सा जिल्लामा गएको भिषण हुरीहुण्डरीबाट पीडित समुदायको राहतको लागि इक्यानका सदस्यहरुबाट संकलन गरिएको ५,०२,५७६ रुपैयाँ  (इक्यान)ले  सहयोग गरेको हो ।  प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउत मार्फत राहत कोषमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

इक्यानले जनकपुर स्थित मुख्यमन्त्रीको आवास पुगी बारा र पर्साका पीडित जनतालाई राहतका निम्ति पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैयाँ राषीको चेक मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको हो । उक्त चेक हस्तान्तरण कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको पनि उपस्थिती रहेको थियो ।

इक्यानको तर्फबाट निबर्तमान अध्यक्ष प्रकाश पाण्डे , माहासचिब शेषराज भट्टराई , सह कोसाध्यक्ष निरुपमा महर्जन , सदस्य सुस्मा आचार्य र सुदन चौहानले उक्त चेक हस्तान्तरण गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजिक उत्तरदायीत्व वहन गर्दे आएको छ । यसै परम्पराको निरन्तरताको लागि यस पटकको विपत्तिमा पनि संघको आह्वानमा इक्यान सदस्यहरुले स्वतःस्फूर्त सहयोग गरेको इक्यानका महासचिव शेषराज भट्टराईले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया