बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई रिहाई गर्न अस्वीकार गरेको छ । गत चैत ७ गते पक्राउ परेका वलीको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत चैत १३ गते सर्वोच्चमा वन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

रिटमा  सुनुवाईपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमती प्रदान भई हिरासतमा रहेको अवस्थामा वन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको छ ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ । सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया