बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

दिशा गर्न लगाएर सुन निकालियोः तस्करीमा सम्लग्न ३ जना चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो तीन सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार  प्रहरीले पक्राउ गरेको हो ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थल प्रहीले जानकारी दिएको छ ।

चिनियाँ नागरिक प्रति शंका लागि नियन्त्रणमा लिई एक्सरे गरेर हेर्दा मलद्वारमा सुन भेटिएको उनले बताए । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो ।

चेकजाँचका क्रममा केही असजिलो मानेपछि उनीहरूलाई प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पताल लगेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया