बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

लुक्लामा समिट एयरका जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९ एनएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा समिट एयरका को-पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असइ रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो भने अर्का असइ रुद्रबहादुर खड्काको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको छ ।

लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको थियो । उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा समिटका एयरका रविनाथ रोकाय र मनाङका पाइलट टिवी गुरुङ घाइते भएका छन् । उनीहरुको उपचार काठमाण्डौको ग्राण्डी अस्पतालमा भइरहको प्रहरीले जनाएको छ ।

जहाजमा रहेका एयर होस्टेज र चार यात्रु भने सकुसल रहेको बताइएको छ। हेलिकोप्टरमा यात्रु भने थिएनन् । दुर्घटनापछि लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

जहाज धावनमार्गबाट चिप्लिएपछि दुई हेलिकोप्टरमा ठक्कर दिएपछि दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए। मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।

मैदान छोड्ने क्रममा समिट एअरले मनाङ र श्री एयरको अर्को हेलिकोप्टरलाई समेत ठक्कर दिएको थियो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया