सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

पेरुमा २ पटक राष्ट्रपति भएका गार्सियाले गरे गोली हानेर आत्महत्या

पेरु, लिमा- पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । भ्रष्टाचार आरोपमा प्रहरीले पक्राउ गर्ने भएपछि प्रहरी पुग्नुअघि नै उनले आफ्नै गर्धनमा गोली हानी आत्महत्या गरेका हुन् ।

दुई पटक राष्ट्रपति भएका उनलाई राजधानी लिमाको क्यास्मिरो उल्लोआ अस्पतालमा भर्ना गरिएको थियो । सन् २००६ देखि २०११ सम्म उनी राष्ट्रपति थिए। त्यसअघि सन् १९८५ देखि सन् १९९० सम्म पनि उनी राष्ट्रपति भएका थिए ।

दोस्रो पटक राष्ट्रपति हुँदा उनले घुस लिएको आरोप थियो । ब्राजिलको निर्माण कम्पनीबाट उनले गैरकानुनी रुपमा घुस लिएको आरोपमा प्रहरी पक्राउ गर्न लागेको थियो । -सिएनएन

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया