सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

‘नेकपा’ले ७७ जिल्लामा अध्यक्ष र सचिव टुंगो लगायो

नेकपाले ११ महिनापछि ७७ वटै जिल्लामा अध्यक्ष र सचिवमा नेतृत्व टुंगो लगाएको छ।  आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ वटै जिल्ला अध्यक्ष तथा सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टुंगो लागेका नामहरु सोमबार काठमाडौंमा हुने विशेष कार्यक्रममा सार्वजनिक गर्ने तयारी गरिएको छ । गण्डकी र पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश इन्चार्जसमेतको भारी बोकाइएपछि नेता माधवकुमार नेपाल रुष्ट बनेका थिए । र, उनले एक व्यक्ति एकपद र जिम्मेवारी बाँडफाँटको मापदण्ड वरीयता हुनुपर्ने अडान राख्दै आएका थिए । तर, ओली पक्ष आफ्नो अडानमा टसको मस नभएपछि र एकता प्रक्रिया नै अवरुद्ध बनेपछि नेपाल पौडेलको तर्कमा सहमत हुन पुगेको बताइएको छ ।

स्रोतले जनाएअनुसार एमाले र माओवादी केन्द्रबीच ४५ र ३२ जिल्ला भागवण्डा गर्ने सहमति भएको छ । एमालेले पाउन जिल्लामा साविककै अध्यक्षलाई जिम्मेवारी दिने र माओवादी केन्द्रले पाएका ठाउँमा पनि त्यसैगरी एकता टुंग्याउने सहमति नेताहरूको बीचमा भएको छ ।
केन्द्रीय सदस्यमा रहेकाहरुको भने कार्यविभाजन भएको छैन ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया