बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

सेनेटरी प्याड र वेवी डाइपर उद्योग चलाउँन कच्चा पदार्थ अभाव

महिला स्वास्थ्य तथा सशक्तिकरणमा ठूलो भूमिका रही आएको सेनेटरी प्याड महिलाका लागी अति आवश्यक भएको कुरा सर्वविदितै छ । सो कुरा मनन गरेर नेपाल सरकारले दुइ वर्षअघि नै सेनेटरी प्याडलाई अत्यावश्यक सूचीमा सुचीकृत गरिसकेको छ । सेनेटरी प्याड सुपथ मूल्य र सर्वसुलभका साथ उपलब्ध गराउन नेपालमा नै ठूलो लगानी लगाएर अत्याधुनिक मेशीन जडान गरि विश्वस्तरिय गुणस्तरको उत्पादन गर्न सक्ने पाचवटा उद्योगहरु स्थापना भएका छन् ।

जस्मिन हाइजिन प्रोडक्ट्स, विराटनगर), -ए.जी. हेल्थ केयर, बुटवल), -इन्टरनेशनल हाइजिन प्रोडक्ट्स, विरगंज), -म्याग्ना म्याक्स प्रा. लि., काठमाडौँ), -हेल्थ एण्ड हाइजिन प्रोडक्ट्स, विराटनगर) ।
साथै यी मध्ये विराटनगर स्थित जस्मिन हाइजिन प्रोडक्ट्स र बुटवल स्थित ए.जी. हेल्थ प्रा. लि. ले शिशुहरुको लागी दैैनिक उपयोग हुने वेवी डाइपरहरु पनि उत्पादन गर्दै आएका छन् ।
नेपालमा हाल बजारको माग सेनेटरी प्याडमा करिव १६ करोड थान छ भने वेवी डाइपरको माग १३ करोड थान रहेको छ । नेपालमा स्वदेशी उद्योगहरुको क्षमता सेेनेटरी प्याडमा ४१ करोड थान छ भने वेवी डाइपरमा २५ करोड थान रहेको छ तर तयारी वस्तुको भंसार महसुल १५∞ र कच्चा पदार्थको भंसार मूल्य १५-३५∞ रहेकाले नेपाली उद्योगहरु प्रतिस्पर्धा गर्ने स्थितिमा छैनन् । यसै कारण नेपाली बजारको मागको ९०∞ आपूर्ती आयातित तयारी सेेनेटरी प्याड तथा वेवी डाइपरबाट भइरहेको छ । १०∞ बजार हिस्सा ओगटेको नेपाली उद्योगले केवल आफ्नो १०∞ उत्पादन क्षमता प्रयोग गर्न सकेका छन् । विरगंज र काठमाडौँ स्थित उद्योगहरु बन्द भइसकेको अवस्था र विराटनगर र बुटवल स्थित उद्योगहरु पनि आंशीक रुपमा मात्र संचालनमा रहेको अवस्था छ । यस्तै परिस्थिति कायम रहने हो भने यी उद्योगहरु पनि बन्द हुन बेर लाग्ने छैन । भारतीय च्यानलद्घारा नेपालमा देखाइने विज्ञापनहरुले थप मारमा परेको कुरा यी व्यवसायीहरुलाई “घाउमा नुन छरे” जस्तो अनुभुती गराएको छ ।
आयात प्रतिस्थापन गर्नलाई स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण दिई महिला स्वास्थ तथा सशक्तिकरणलाई टेवा पुर्‍याउन सरकारले आगामी बजेटमा महसुल सम्बन्धि आवश्यक परिवर्तन गर्नु पर्नेछ नभए व्यापार घाटा कहिल्यै नघट्ने र अरबौँ लगानी डुब्ने छ भन्ने यी उद्योगीहरुको भनाइ छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया