सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

मनभरी नेपालको माया बोकेर अमेरिका फर्के लिंकन एभरेष्ट

नेपाली खानालाई विश्वभर पुर्याउने उद्देश्य सहित अमेरिका देखि नेपाल आएका नेप्लिज वल्डवाइड सेफ एशोसिएशनका अध्यक्ष लिंकन एभरेष्ट मनभरी नेपालको माया बोकेर अमेरिका फर्केका छन् । अमेरिकाबाट एक महिना अघि नेपाल आएका अध्यक्ष एभरेष्टले यो पटकको नेपाल बसाईले थप जीम्मेवार बनाएका बताए ।

खानाको माध्यमबाट पनि नेपाललाई संसारभर चिनाउन सकिन्छ भन्ने मुख्य मिसन लिएर यो पटक नेपाल आएको उनले बताएका छन् । ‘उनले भने’ जुन मिसन लिएर नेपाल आएको थिएँ त्यो मिसन सफल भएको छ । अब नेपालका लागि धेरै कुरा गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।  मलाइ मेरो देशको साच्चिकै माया छ । अब मैले मेरो देशका लागि केहि गर्न सक्छु भन्ने विश्वास लिएको छु  । उनले अब नेपाल पटक पटक आएर बसाइलाई लम्ब्याउँने र केहि गरेर देखाउँने समेत बताएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया