सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

‘नेकपा’ भित्रै ‘मेरो सरकार’को आलोचनाः प्रधानमन्त्री ओलीले सांसदलाई बोल्न दिएनन्

संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ प्रयोग गरेको भन्दै  नेकपाकै सांसादले असहमति जनाएका छन् ।  नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति भण्डारीले प्रयोग गरेको शब्दावली ‘मेरो सरकार’को विषयमा सांसदहरुले असहमति जनाएपनि प्रधानमन्त्री केपी ओलीले सांसदहरुलाई बोल्न रोक लगाएका छन् ।

‘मेरो सरकार’ शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन् । सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए । राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीमाथि छलफल हुनुपर्ने उनीहरुको माग थियो ।

नेतृ झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सहमत हुन नसक्ने बताइएकी छिन् । सामाजिक सञ्जालमा समेत आलोचना भएको थियो । राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमा राष्ट्रपति भण्डारी संसदमा प्रस्तुत भएकाे भन्दै टिप्पणी भएको हो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पुग्नुअघि सांसदहरुसँग नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेका थिए । सो क्रममा उनले नीति तथा कार्यक्रम तयार गर्ने क्रममा आफूलाई प्राप्त भएको प्रतिमा ‘मेरो सरकार’ नभएको जानकारी दिएका थिए ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया