सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

सर्वोच्चका न्यायाधीश विरुद्धको रिट ९ दिनपछि बल्ल दर्ता

 

वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माविरुद्ध पेश गरेको रिट सोमबार दर्ता भएको छ । रिट पेश गरेको ९ दिनपछि मात्रै रिट  सर्वोच्च प्रसासनले दर्ता गरेको हो ।

थापाले शर्माको योग्यतामाथि प्रश्न उठाउँदै गत आइतबार सर्वोच्चमा रिट पेश गेका थिए ।  न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेलगतै थापाले योग्यतामाथि प्रश्न उठाउँदै अनूमोदन नगर्न मागसहित संसदीय सुनुवाई समितिमासमेत उजुरी दिएका थिए । रिटमा न्यायपरिषद र न्यायाधीश शर्मालाई विपक्षी बनाइएको छ । रिटमा संविधानको धारा १२९ (५) को व्यवस्था वमोजिम सर्वोच्चको न्यायाधीश हुन शर्माको निरन्तर १५ वर्ष वकालत नपुग्ने दाबी रिटमा छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया