सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

कांग्रेसको अबरोधका बीच संसदबाट नीति तथा कार्यक्रम पारित

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । कांग्रेसका सांसदहरु आफ्नो आसनबाट उठिरहे पनि सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे ।

कांग्रेसले प्रधानमन्त्री संसदीय मर्यादा पालना नगरेको भन्दै संसदमा नाराबाजी गरेको हो । संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्‍नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍नको वेवास्ता गर्नेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको हो । प्रधानमन्त्रीले भनेका थिए, “म यहाँ केही आक्रोश, कुण्ठा र निम्छरा प्रश्‍न छोडेर अन्य प्रश्‍नको जवाफ दिन्छु ।”

सभामुख कृष्णबहादुर महराले पटक-पटक बस्‍न आग्रह गरे पनि कांग्रेसले नाराबाजी जारी राखेको हो । कांग्रेसले प्रधानमन्त्रीले आफूलाई वेवास्ता गरेको र संसदीय मर्यादा उल्लंघन गरेको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।

त्यसपछि प्रधानमन्त्री आफैंले भने, “प्रश्‍नको जवाफ चाहिएको छ कि छैन” भन्दै नाराबाजी गरेका सांसदहरुलाई प्रश्‍न गरेका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्‍नको जवाफ दिनैपर्ने व्यवस्था भएको र संसदीय मर्यादा पालना गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया