सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

प्रेस माथि अंकुश लगाउने विधेयक फिर्ता नलिए अन्तराष्ट्र गुहार्ने महासंघको चेतावनी

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान बारे शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन् ।

विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले सरकारको कदम विरुद्ध महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको जानकारी गराए । आन्दोलनबाट नसच्चिए अन्तर्राष्ट्रिय समुदायलाई बोलाउने उनको भनाई छ ।

उनले भने, “आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहदै आएको अन्तर्राष्ट्रिय समुदायलाई गुहार्छौं । हामी अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउदैछौ । अब हामी अन्तराष्ट्रिय मिडिया मिसन र संयुक्तराष्ट्रसंघ सम्मलाई यो प्रक्रियामा सहभागी गराउँदैछौ ।”

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको टिप्पणी उनले विधेयकमा भएको व्यवस्था अनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायक्ततालाई रक्षा नगर्ने दाबी गरे ।
दरबार र सेनासंग अधिकारका लागि लडेको महासंघको इतिहास बलियो रहेको भन्दै उनले अहिले पनि सरकारको निरंकुशता र प्रेसस्वतन्त्रता विरोधी कदमको डटेर प्रतिवाद गर्ने बताए ।

उनले भने, समाचार लेखे वापत ज्यान मारेको भन्दा पनि ठूलो सजाय राख्ने सरकारलाई हामी कसरी लोकतान्त्रिक भन्न सक्छौ ? के जनताले १५ वर्षसम्म पत्रकारलाई जेल हाल्नका लागि यो मत दिएका हुन् त ? म प्रस्टसंग भन्न चाहन्छु सरकारलाई यो बाटो र यो शैली धेरै महंगो पर्छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया