मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

प्रेसलाई अंकुश लगाउने विधेयक प्रति अमेरिकी राजदूत र्‍याण्डीको चिन्ता

प्रेसलाई अंकुश लगाउने गरी ल्याइएको विधेयकको नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले सूचना सम्प्रेषणलाई प्रभाव पार्ने कार्य, कानुन र नियमप्रति चिन्ता व्यक्त गरेका छन् । राजदूत र्‍याडीले आफ्नो अफिसियल ट्विटमार्फत् संसदमा दर्ता भएको मिडिया काउन्सिल ‘विधेयक’प्रति संकेत गर्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपालका नेताहरूले मसँग लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा अटल रहेको प्रतिबद्धता जनाउने गरेका छन् । प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत हक हो। म त्यस्ता कार्य, कानुन र नियमले चिन्तित छु जसले सूचनाको स्वतन्त्र प्रवाहलाई बाधा पार्दछ ।’

सरकारले बैसाख २७ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सरकारले ल्याउन लागेको आमसञ्चार ऐनका प्रावधान नेपाल मिडिया काउन्सिल विधेयकभन्दा कडा रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा गरेको ‘आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा समाचार लेखेबापत जरिवाना मात्रै एक करोडसम्म तोकिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया